रुकुम । रुकुमको चौखावाङ-५ हिलगाउँमा अज्ञात रोगका लक्षणहरु देखा परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
केही दिनदेखि हिलगाउँका बासिन्दामा टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ ।
हिलगाउँमा २२ जनामा त्यस्तो समस्या देखिएको जनाइएको छ ।
रोग फैलिएको खबर पाएलगत्तै सदरमुकामबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ । – इमेजखबरमा समाचार छ ।