लोडसेडिङ घट्यो अब सातामा ५५ घन्टासम्म लोडसेडिङ हुने (नयाँ तालिकासहित)

काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिका हेरफेर गरेको छ । प्राधिकरणले शुक्रबार (आज)देखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणको नयाँ तालिकाअनुसार अब सातामा ५५ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५९ घन्टासम्म विद्युत् कटौती हुँदै आएको थियो ।
अब सातामा ६ दिन ८ घन्टा र एक दिन ७ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।