स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसँगै स्वदेश फर्किए

काठमाडौं  । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्किएका छन् ।
शनिबार आमाको मुख हेर्ने औंशी भएकाले काठमाडौंमा रहेका आमाको मुख हेर्न उनी स्वदेश फर्किएका हुन् । शाहसँगै बुहारी हिमानी शाह पनि स्वदेश फर्किएकी छन् ।
भारतमा पूर्वराजा शाहले स्वास्थ्य परीक्षण गराएका थिए । पूर्वरानी कोमल शाह भने थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले भारतमै छन् ।

शाह दम्पतीको नयाँ दिल्लीस्थित फोर्टिज एस्कर्ट हार्ट इन्स्टिच्युटमा स्वास्थ्य परीक्षण गरिएको थियो । शाह दम्पती चैत्र २७ गते नयाँ दिल्ली गएका थिए । इमेजखबरमा समाचार छ ।