मेक्सिकोको तामाउलिपास राज्यको रेनोसा सहरमा भएको गोली हानाहानामा परी कम्तिमा ३ जना मारिएका छन् ।
अमेरिकाको टेक्सस राज्यसँग सीमा जोडिएको रेनोसा सहरमा लागूऔषध कारोबार गर्ने समूहका नाइके एल गाफे पक्राउ परेपछि हिंसा भड्किएको थियो ।
हिंसा सुरु हुनासाथ सुरक्षाकर्मीले सहरका विभिन्न भागहरुमा सुरक्षा चेतावनी जारी गर्दै सर्वसाधरणलाई घरबाहिर ननिस्कन सुचित गरेको थियो । रेनासा सहरमा श्रृखंदाबद्धरुपमा हिंसाका घटना हुने गरेका छन् ।
मेक्सिकोको सबैभन्दा ठूलो गल्फ कार्टेल नामक लागूऔषध तस्करहरुको समूह राज्यमा सक्रिय छ । । प्रतिद्धन्द्धी समूहबीच लडाइँ सुरु भएपछि सहरमा हिंसा मच्चिँदै आएको छ । (एजेन्सी)