अफगानिस्तानको पूर्वी सहर जलालावादमा गराइएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३३ जना मारिए

अफगानिस्तानको पूर्वी सहर जलालावादमा गराइएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३३ जना मारिएका छन् ।
स्थानीय बैंक बाहिर गराइएको उक्त विस्फोटमा सयभन्दा बढी घाइते भएका छन् । मारिनेमा बालबालिका पनि परेका छन् ।
सरकारी कर्मचारी र सुरक्षाकर्मीले तलब लिँदैगर्दा विस्फोट गराइएको स्थानीय प्रहरी प्रमुखले जनाएका छन् । तालिबानले घटनामा आफ्नो संलग्नता नरहेको जनाएपनि जलालावाद तालिबानको निशानामा पर्दै आएको छ । (एजेन्सी)