अर्घाखाँचीमा नक्सा नापी हुने

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा नक्सा नहुदा नागरिकले समस्या भोग्दै आएकोमा नापी हुने भएको छ । दुई बर्ष अघि २०६९ सालबाट नागरिकको लालपुर्जाको आधारमा नक्सा बनाउन सुरु गरेको बिशेष नापी कार्यलयले अहिले फेरि स्थानीय तहमै गएर पुन नापी गर्ने भएको हो । 
सन्धिखर्कमा एक कार्यक्रम गरि जिल्लाको सबै पुन नापी हुने र सन्धिखर्क नगरपालीकामा डिजीटल प्रबिधिबाट नापी हुने बिशेष नापी कार्यलयका प्रमुख मोहमद साबिर हुसैनले बताए ।
अहिले पहिलो चरणमा ८ टोलीले ढिकुरा, धनचौर, चिदीका, सुवर्णखाल, धातीबांग, अर्घातोष,र पटौटी गाविस र सन्धिखर्क नगरापालीकाको वाड न. १ मा पुन नापीको काम सुरु हनुे बिसेस नापी कार्यालयका प्रमुख हुसैनले बताए ।
२०५९ सालको फागुन र २०६१ साल फाल्गुण २१ गते दुई पटक सम्म माओवादी आक्रमणमा जिल्ला नापी कार्यालय ध्वस्त भएपछि जिल्लाका सबै घरजग्गा जमिनका नक्साहरु जलेका थिए । नक्सा नहुदा १० बर्ष यता अर्घाखाँचीमा जग्गा जमिनको कित्ताकाट रोकिएको छ ।
मालपोत कार्यालयले क्षेत्रफलको आधारमा दिशा खोली अनुमानका भरमा जग्गा पास गरिदिने गरेको छ । यसरी कित्ता काट बिना नै अनुमानको भरमा जग्गा किनबेच गर्दा भोलीका दिनहरुमा आउन सक्ने समस्याप्रति भने कोही पनि गम्भिर नभएको नेपाली काग्रेसका नेता बिष्णु मुस्कानले बताए ।
दिशाका आधारमा बिना नक्सा पास गरिएका जग्गालाई बैंकहरुले समेत धितो राख्न इन्कार गरेपछि आफूहरु निक्कै सशंकित र चिन्तित भएको जिल्लावासीहरुको गुनासो छ । अहिले सन्धिखर्कका जग्गा राखेर बैकहरुले कुनै व्यवसाय गर्न ऋण दिन अस्वीकार गरेका छन् । देशको निती औद्यौगिक क्रान्ती र कृषि क्रान्ती भए पनि अर्घाखाँची बासी बैकले धितो राख्न नमान्दा समस्यामा परेका छन् ।
पछिल्लो २ वर्षमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र आसपासका क्षेत्रहरुमा जग्गाको प्लटीङ्ग गरेर घडेरी बिक्री गर्ने क्रमदिन प्रतिदिन बढ्दै गएको छ । जग्गा व्यवसायीहरुले सदरमुकाममा प्रतिहात ५० हजारदेखि ५ लाख सम्म रकम असुलेर घडेरी बिक्री गर्दै आएका छन् ।

अन्य समाचारहरु