चर्को रुपमा शुल्क बृद्धि गरेको विरोधमा कञ्चनपुरका निजी विद्यालयहरुमा तालाबन्दी

कञ्चनपुर । चर्को रुपमा शुल्क बृद्धि गरेको विरोधमा कञ्चनपुरमा विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुमा तालाबन्दी गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनहरुले सदरमुकाम महेन्द्रनगरका एपेक्स, ग्लोबल, सनराई, वेस्टर्न, फ्लोरिडा, ईन्टरनेशनल र लिटिल बुद्ध एकेडेमी लगायत एक दर्जन बढी विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यार्थी भर्नाका बेला विद्यालय प्रशासन र लेखामा तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको छ । एकलौटी ढंगबाट बढाएको शुल्क फिर्ता नलिएसम्म जिल्लाभरकै निजी विद्यालय तालाबन्दी गरिने अखिल क्रान्तिकारीका अध्यक्ष सिके भट्टले बताएका छन् । इमेजखबरमा समाचार छ ।