भूमध्य सागरको इटाली द्विप नजिक डुंगा दुर्घटना हुंदा करिब ७ सय आप्रवासीको मृत्‍यु

भूमध्य सागरको इटाली द्विप नजिक करिब ७ सय आप्रवासी लिएर गैरहेको डुंगा दुर्घटना हुंदा सयौं मरेको आशंका गरिएको छ ।
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले दुर्घटनामा २८ जनालाई जिवितै उद्धार गरिएको बताए ।
लेम्पेदुसा द्विपबाट करिब २ सय ३० किलोमिटर टाढा र लिवियाको तटबाट २७ किलोमिटर टाढा यो दूर्घटना भएको बताइएको छ ।
इट्लीका २० वटा जहाज र तीन वटा हेलिकप्टर, माल्टाका नौसैनिक र मालबाहक जहाज तथा लिवियाका नौसैनिकले उद्धार तीब्र पारेका छन् ।
माछा मार्न प्रयोग गरिने डुंगालाई आप्रवासी बोक्न प्रयोग गरिएको इट्लीका कोस्टगार्डका प्रवक्ताले बताएका छन् । गत हप्ता मात्र लिविया नजिक भएको डुंगा दुर्घटनामा करिब ४ सय आप्रवासी डुबेका थिए । एजेन्सी