पाँचथर । पाँचथरको प्राङबुङमा हावा हुरीले ढालेको रुखले च्याप्दा गए राति एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्राङबुङ ३ का श्रीप्रसाद खपांगी, उनको छोरा मनोज र भतिजा अनिष रहेका छन् ।
भारतको सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्कने क्रममा प्राङबुङ-६ मा आइपुग्दा हावाहुरीका कारण ढलेको रुखले च्यापेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनै जनाको शव रुखले च्यापिएको अवस्थामा निकालिएको थियो । इमेजखबरमा समाचार छ ।