प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनामा मृत्यु भएका मृतकको सम्झनामा लेखिएको अतितको स्मृति नामक पुस्तकको आज बिमोचन गरिएको छ ।
बार्षिक पुण्य तिथीको अबसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत वांगला घर भएका स् .डा.बिष्णु आचार्य, बुबा जनार्दन आचार्य , आमा मिना आचार्य र माहिली हजुरआमा शान्ता देबी आचार्यको स्मृतिमा वांगलाको आचार्य परिबारले अतितको स्मृति नामक पुस्तकको प्रकासन गरेको हो । पुस्तकको जिल्ला स्वास्थ्य कार्यलय का डा जगन्नाथ तिवारीले बिमोचन गरेका छन ।
कार्यक्रममा पुस्तककी प्रकासक सिता पौडेलले प्रहरी प्रसासनको कमजोरी कारण आफुले आमा, दाई भाउजु तथा भाइ गुमाउनु परेको बताइन । लाइसेन्सनै नभएको ब्यक्तिले ट्रक चलाएका कारण दुर्घटना भएको बताउदै एक बर्ष सम्म पनि राहात पाउन नसकेकोमा प्रसासनले पहल नगरेको बताएकी छन ।
पुस्तककी प्रकासक सिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डा. जगन्नाथ तिवारी, नारायण पौडेल, लागयतले मन्तब्य राखेका थिए । कार्यक्रम पुस्कर आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।