कालिकोट । जाजरकोट नजिकको कालिकोटमा पनि स्वाइन फ्लुको प्रकोप देखिएको छ । मेहलमोटीमा ५० जना स्थानीय बिरामी परेका छन् ।
स्थानीय स्वास्थ्यकर्मी मनिराज बमले ती बिरामीहरुमा स्वाइन् फ्लुको लक्षण देखा परेको बताएका छन् । बिरामीहरुमध्ये १५ जनाको अवस्था गम्भीर छ ।
स्वाइन् फ्लुको लक्षण देखा परेपछि स्थानीयहरु त्रसित भएका छन् । सरकारी तबरबाट तत्काल उपचार सेवा शुरु गर्न स्थानीयले माग राखेका छन् ।
उता, छिमेकी जिल्ला दैलेखमा पनि मानिस विरामी पर्न थालेका छन् । जिल्लाका रुम, मेहलतोली, जगनाथ र कट्टि गाविसका मानिस बिरामी पर्न थालेपनि त्यंहा उच्च सतर्कता अपनाइएको छ । इमेजखबरमा समाचार छ ।