चिनियाँ राष्ट्रपति शी जिनपिंगद्धारा पाकिस्तानसँग एसियाकै ‘टाइगर’ बन्ने क्षमता रहेको दाबी

 चिनियाँ राष्ट्रपति शी जिनपिंगले पाकिस्तानसँग एसियाकै ‘टाइगर’ बन्ने क्षमता रहेको दाबी गरेका छन् ।
पाकिस्तानी संसदलाई मंगलबार सम्बोधन गर्दै शीले ‘पाकिस्तान र चीनबीचको मित्रता हिमालयभन्दा अग्लो र महासागरभन्दा गहिरो रहेको’ उल्लेख गरे ।
पाकिस्तान र चीनको मित्रता आउँदा पिँढीसम्म पनि उत्कृष्ट रहने भन्दै उनले चीनका जनता सधैं पाकिस्तानको पक्षमा उभिने वचन दिए ।
आतंकवादविरुद्ध पाकिस्तानी लडाइँको प्रशंसा गर्दै राष्ट्रपति शीले पाकिस्तानको क्षेत्रीय अखन्डताका लागि चीनको साथ सधैं रहने बताए ।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले