साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले यमनका हुती बिद्रोही बिरुद्धको हवाई आक्रमण पुरा भएको जनाएको छ ।
निर्णायक आँधी नाम दिइएको उक्त अभियानबाट अपेक्षित सैन्य उपलब्धी हासील भएको ठहर गर्दै साउदी अरबले आफना सेनालाई फर्काएको हो ।
अभियान समाप्तीको घोषणा गर्दै साउदी गठबन्धन सेनाका प्रबक्ता बिग्रेडियर जनरल अहमद अल असीरीले यमन सरकार र राष्ट्रपति अब्द्रमुह मन्सुर हादीको आग्रहमा अभियान समाप्त गरेको जानकारी दिएका छन् ।
यमनमा हुती बिद्रोहीले आतंकबादी गतिबिधि तिव्र पारेपछि साउदी अरबले हवाई आक्रमण थालेको थियो । अभियानका क्रममा सय भन्दा बढी हुती बिद्रोही मारिएको दाबी सउदी अरबको गठबन्धन सेनाले गरेको छ ।
यद्दपी पछिल्लो समयमा भएको हवाई हमलामा कयौं सर्वसाधारण पनि मारिएका थिए । सउदी अरबको गठबन्धन सेना फिर्ता हुने बित्तिकै अव यमनमा पुर्नस्थापना अभियान थालिने छ ।
जसमा यमनको राजनैतिक समस्या पहिल्याई बिद्रोहीलाई निमिट्यान पारिने लक्ष्य रहेको छ ।
गत जनवरीमा यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहको समर्थनमा हुती बिद्रोहीले राजधानी साना कब्जा गरेपछी यमनमा संघर्ष चर्केको हो । एजेन्सी