विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ‘नयाँ संविधान बन्ने सुनिश्चित भए आफूहरु सरकारमा जान तयार रहेको’ बताएका छन् ।
विराटनगरमा बुधबार सन्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले ‘आफ्नो पार्टी चौथो दलको हैसियतमा रहेकाले राष्ट्रिय सरकार निर्माण भएमा समेटिनुपर्ने’ बताए ।
उनले संघीयतालाई थाती राखेर संविधान जारी भए त्यसले जनताको भावना समेटन नसक्ने पनि प्रष्ट पारे । संविधान जसरी बनाइएपनि संघीयतासहितकै संविधान हुनुपर्नेमा गच्छदारको जोड थियो । – इमेजखबरमा समाचार छ ।