भारत विहारको कोशी क्षेत्रमा भीषण आँधी आएको छ । उक्त आँधीमा परेर ३२ जनाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
विहारका अधिकारीहरुका अनुसार मृत्यु हुनेमा पूर्णिया जिल्लाका धेरै छन् । त्यहाँ २५ जनाको मृत्यु भएको छ भने मधेपुरामा ६ र मधुबनीमा एकजनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ ।
आँधीबाट सबैभन्दा बढी मधेपुरा, पूर्णिया, सहरसा, सुपौल, किहनगन्ज, कटिहार, दरभंगा र मधुबनीमा असर परेको छ ।
विहारका मुख्यमन्त्री नीतिश कुमार आँधी प्रभावित क्षेत्रमा अनुगमनका लागि आफैं जाँदै छन् । आँधी मंगलबार राति १० बजेदेखि आएको जनाइएको छ ।
आँधीका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । एजेन्सी