जाजरकोट । जाजरकोटमा सिजनल फ्लु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धिमे ५ का ५६ बर्षिय चमारो रावल रहेका छन् ।
यो संगै जाजरकोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रुघाखोकी र ज्वरोले ग्रसित भएका विरामीहरु उपचारको पर्खाइमा छन् ।
रुघाखोकी र सिजनल फ्लुबाट ग्रसित भएका गम्भीर बिरामीमध्ये एक महिला र दुई जना बालकलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम खलंगा लगिएको छ ।
प्रभावित क्षेत्रभरी हालसम्म ५३ सयले स्वास्थ्य जांच गराईसकेका छन् भने अझै एक जार बढी बिरामी रहेको बताइएको छ । इमेजखबरमा समाचार छ ।