काठमाडौं । दलहरुलाई सहमतिका लागि सात दिनको समय दिँदै संविधानसभाको बैठक विहीबार पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
विहीबार दिउँसो बसेको संविधानसभाको बैठकले सहमतिका लागि अर्को अवधि दिँदै वैशाख १७ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले दलहरुलाई पटक-पटक गरेर आवश्यकभन्दा बढी समय दिँदासमेत सहमति नगरेको भन्दै वैशाख १७ गतेसम्म पनि सहमति नभए प्रक्रिया अघि बढाउने चेतावनी दिए ।
उनले वैशाख १७ गते ३ बजे बस्ने बैठकमा प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन प्रस्तुत गर्ने घोषणा पनि गरे ।
बैठकमा संविधानसभाका विभिन्न समितिहरुका केही सदस्यहरु हेरफेर गरिएको जानकारी पनि गराइएको थियो ।
काठमाडौं । संविधान सभाको बैठक संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको छ ।
बैठकमा संविधान सभा वहिष्कारको धम्की दिँदै आएको एकीकृत माओवादीले पनि भाग लिएको छ ।
आजको बैठकमा संविधान सभा लेखनको प्रक्रिया अगाडि बढाउने भनिए पनि अहिलेसम्म त्यस्तो छनक मिलेको छैन ।
प्रमुख तीन दलबीच सम्भव भए संघीयतामा सहमति खोजेर अन्यथा मिलेका विषयमा मात्र संविधान मस्यौदा समितिमा पठाउने सहमति भए पनि प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमणमा गएपछि सहमतिको प्रयास नै रोकिएको छ । इमेजखबरमा समाचार छ ।