काठमाडौं – भारतीय योगगुरु रामदेव योग शिविर सञ्चालन गर्न बिहीबार काठमाडौं आएका छन् ।
वैशाख ११ देखि १५ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने पाँचदिने योग शिविरमा भाग लिन रामदेव काठमाडौं आएका हुन् । त्रिभूवन विमानस्थलमा पत्रकारहरुसित योगगुरु रामदेवले बुधबार धादिङमा भएको दुर्घटनामा ज्यान गुमाएका भारतीय तीर्थयात्रीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आयुर्वेदको माध्यमबाट नेपालीको स्वास्थ्य सचेतना बढाउने उद्देश्यले योग शिविर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। सोही क्रममा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर पनि हुने आयोजकले जनाएको छ।
स्वास्थ्य परीक्षणका लागि भारतको हरिद्वारस्थित पतञ्जलि योगपीठका वैद्यराजहरू पनि आएका छन् । योगको विश्वभर प्रचारप्रसार गर्ने क्रममा अस्ट्रेलियाका तीन सहरको भ्रमणपछि रामदेव नेपाल आउन लागेका हुन्।
संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रूपमा घोषणा गरेको छ।
योग शिविर व्यवस्थापन गर्न गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा ६१ सदस्यीय आयोजक समिति पनि गठन गरिएको छ। ईकन्तिपुरमा समाचार छ ।