शनिबार राजधानीसहित मुलुकभर गएको भूकम्पले ठूलो धनजनको क्षति भएको छ । अर्थमन्त्री रामशरण महतले नेपाल आर्मीलाई उदृत गर्दै जनाए अनुसार १ हजार ४ सय ५७ जनाको शव भेटिएको छ । १ हजार ५५ घाइतेको उद्दार गरिएको छ ।
सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ २५० भन्दा बढीको मृत्यु भएको छ । काठमाडौंमा १८१, भत्तपुरमा १४४ र ललितपुरमा ८८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
राजधानीका अधिकांश अस्पतालमा विरामीको भिड छ । पटक पटक भूकम्पको धक्का महसुस भएका कारण अस्पतालहरुले समेत विरामीहरुलाई बाहिर नै राखेर उपचार गरिएको छ ।
भूकम्पको केन्द्र भनिएको गोरखाको बार्पाकतर्फ नाइट भिजन हेलिकोप्टर पठाइएको छ । भूकम्पले २७ जिल्ला प्रभावित भएको छ । अन्लाईनखबरमा समाचार छ ।