मध्यान्ह ११:५६ बजे गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्पसँगै आठ घण्टाको अन्तरालमा विभिन्न ६५ झड्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार चार रेक्टर स्केलमाथिका ६५ वटा झड्का मापन गरिएको छ । जसमध्ये साँझ ५:०० बजेदेखि ६:०० बजेका समयमा २० वटा र बाँकी समयमा भूकम्पको झड्का महसुस गरिएको छ ।
पहिलो शक्तिशाली कम्पनसँगै दोस्रो पटक १२.३० बजे ६.६ र त्यसलगत्तै ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो केन्द्रले जनाएको छ । रासस