महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या निरन्तर बढ्दै, उद्धार कार्य जारी

 
काठमाडौं  – शनिबार गएको महाभूकम्पमा मर्नेको संख्या आईतबार बिहान ७ बजेसम्ममा १ हजार ८ सय ५ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा मानवीय क्षति भएको छ ।
हजारौं घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  ४७१८ बढी घाइतेले उपचार गराइरहेका छन् । अस्पतालको चौरमा पनि राखेर घाइतेको उपचार भइरहेको छ ।
पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ । भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ । बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् ।
भयका कारण घरबाट निस्किएका सर्वसाधारण खुला चौर र सडकमा आएर बसिरहेका छन् ।

महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या अहिले राति ९.३० बजेसम्म एक हजार चारसय ५७ पुगेको छ।
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिँदै यो सङ्ख्या अझ तीन गुणा बढी हुनसक्ने बताएका हुन्।
उनले भूकम्पको केन्द्रविन्दू रहेको जिल्ला गोरखामा सबैभन्दा बढी क्षति भएको उल्लेख गर्दै सो जिल्लामा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार कार्य जारी रहेको बताए।
मन्त्री रिजालले काठमाडौंको विभिन्न १३ वटा स्थानबाट उद्धार र राहतको काम भइरहेको जानकारी दिए। 
 उद्धार कार्य दिन रात जारी छ । रासस