भुकम्पबाट पीडितको राहत र उद्धार कार्यका लागि नर्वेले ४० करोड रूपैयाँ सहयोग गर्ने

शनिबार नेपालमा आएको विनासकारी भुकम्पबाट पीडितको राहत र उद्धार कार्यका लागि नर्वेले ३० मिलियन क्रोनर (झन्डै ४० करोड रूपैयाँ) पहिलो चरणमा तत्काल उपलब्ध गराउने भएको छ।
नेपाल सरकारले भुकम्प पीडितलाई आपतकालीन सहयोग र अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायमा आग्रह गरे लगत्तै नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्देले उक्त घोषणा गरेका हुन्।
उनले एक बिज्ञप्ति जारी गर्दै यो विपदको घडीमा भुकम्प पीडित र प्रभावित परिवार प्रति गहिरो भावनात्मक रुपमा निकट रहेको जनाउदै संयुक्त राष्ट्रसंघीय आपतकालीन सहायता नियोग सीइ आर एफ, अन्तर्रास्ट्रिय रेडक्रसमार्फत नेपाललाई आपत कालिन सहयोग उपलब्ध गराइसकेको र यूरोपियन युनियन र युएनडीएसी मार्फत नर्वेली उद्धार प्राबिधिक टोली नेपाल पठाउन तयारी अवस्थामा राखिएको जनाएका छन्।