भूकम्पका कारण घरबास गुमेका पीडितको लागि १६ स्थानमा सेल्टरको व्यवस्थापन


 

काठमाडौ – गृह मन्त्रायले शनिबार गएको भूकम्पका कारण घरबास गुमेका पीडितको लागि राजधानीको १६ स्थानमा सेल्टरको व्यवस्थापन गरेको छ । काठमाडौंको टुंडिखेल, कीर्तिपुर, रंगशाला, सानौगोचर, नारायाणचौर, शाखपार्क, हल्चोक, बलम्बु र सिनामंगललाई सेल्टर बनाइएको छ । ललितपुरको जावलाखेल, खुमलटार, सेन्ट जेभियर्स, पुल्चोक ईन्जिनियरि कलेजलाई सेल्टर बनाइएकोछ ।



महाभूकम्पको विपत्तिमा परेकाहरुको उद्दार, राहत तथा पुनस्र्थापनाका लागि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले कुनै कसर बाँकी नराख्न आफू मातहतका सुरक्षा अधिकारी तथा निजामती कर्मचारीलाई निर्देशन दिएका छन् ।



सरकारले कर्मचारीलाई बिदा दिएको छैन । शिक्षण संस्थालाईमात्र पाँच दिन बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।



कुनैपनि कर्मचारीलाई बिदामा नबस्न र आफ्नो कार्यालयमा गई तोकिएको स्थानमा उद्दार तथा राहतका काममा सकृयताका साथ सहभागी हुन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् ।



ईकन्तिपुरमा समाचार छ ।