नेपालमा ६.९ रेक्टर स्केलको भुकम्प फेरि गएको छ। शनिबार मध्याहृनपछि आएको भूकम्पको धक्का आउने क्रम अझै रोकिएको छैन। आइतबार मध्याहृन आएको धक्का हिजोको ठूलो पछिको ठूलो हो। लगातार भूकम्पको धक्का महसुस भइरहका कारण मानिसहरुको जनजीवन आतंतिक बनेको छ।
काठमाडौ – महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको छ । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
आइतबार १२ बजेर ५६ मिनेट जाँदा आज बनेपालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको छ । यसबीचमा करिव सय भन्दा धेरै साना झट्का महशुस गरिएको थियो । शनिबारको भूकम्पले नेपालको ऐतिहासिक धरहराको संरचना ध्वस्त भएको थियो भने बसन्तपुर पाटन र भक्तपुर दरबारस्क्वायरका संरचनाहरु पनि भत्किएका थिए ।
भूकम्पका कारण १९ सय बढीको ज्यान गइसकेको छ भने हजारौँ घाइतेको उपचार भइरहेको छ ।
भूकम्प आएलगत्तै नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायले चासो देखाइरहेका छन् । ईकान्तिपुर समाचारमा छ ।