काठमाडौं – शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २५ सयभन्दा बढी पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार साँझ साढे ६ बजे दिएको जानकारी अनुसार काठमाडौंमा ७७७, भक्तपुरमा २२४, ललितपुरमा १५१ को मृत्यु भएको छ ।
यसैगरी पूर्वाञ्चलमा ५०, मध्यमाञ्चलमा १०१७, पश्चिमाञ्चलमा २०९ र मध्यपश्चिममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पबाट विशेषगरी काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, दोलखा, धादिङ, गोरखालगायतका जिल्ला प्रभावित छन् ।
महाभूकम्पमा देशका विभिन्न स्थानमा ५ हजार ९ जना घाइते रहेको प्रहरीले जनाएको छ ।
शनिबार नेपालका विभन्न स्थानलाई केन्द्र बनाई शक्तिशाली भूकम्प जाँदा ऐतिहासिक संरचनासहित ठूलो मानवीय र भौतिक क्षति भएकोहो ।
महाभुकम्पमा ज्यान गुमाएका परिवारलाई प्रतिब्यक्ति ४० हजार रूपैयाँ किरिया खर्च दिने निर्णय सरकारले गरेको छ।
अर्थ मन्त्री रामशरण महतका अनुसार किरिया खर्च स्वरूप उक्त रकम दिन लागिएको हो।