महाभूकम्पका कारण अदालत केही दिन बन्द

सर्वोच्च अदालतले महाभूकम्पका  मृतकलाई  श्रद्धान्जली व्यक्त गरेको छ। प्रधानन्यायाधीश को निवासमा बसेको न्यायाधीशहरुको आकस्मीक पूर्ण बैठकले आइतबार  मृतकलाई श्रद्धान्जलि र घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। 
 
सर्वोच्चले , भोली र पर्सी पाटन पुनरावेदन अदालत र त्यसमातहतका सबै अदालत, गोरखा जिल्ला अदालत, विषेश अदालत, उपत्याकाका सबै न्यायाधीकरणमा विदा दिने भएको छ। 
 
महाभूकम्पका कारण सर्वोच्च अदालत र केही पुनरावेदन अदालतमा भएको क्षतिले गर्दा दैनिक कार्य सञ्चालन गर्न नसकिएको सर्वोच्चले जनाएको छ।
 
सर्वोच्च लगायतका अन्य अदालतमा भएको भौतिक क्षतिको प्रारम्भिक प्रतिवेदन तयार गर्न लगाउने,सर्वोच्चमा छिटै न्यायाधीशहरुको पूर्ण बैठक बोलाउने, त्यसै गरि अदालतको सुरक्षा व्यवस्था राम्रो राख्न रजिष्ट्रारलाई निर्देशन दिने  पनि पूर्ण बैठकले निर्णय गरेको छ। सेतोपाटोमा समाचार छ ।