भुकम्पमा परेर घाइते भएकाहरुको उपचारमा रगत अभाव ! मृत्यु हुनेहरुको संख्या बढेपछि पशुपति आर्यघाटमा सदगति गर्ने ठाउँको अभाव

काठमाडौं । भुकम्पमा परेर घाइते भएकाहरुको उपचारमा रगत अभाव भएको छ ।



घाइतेहरुको उपचार गर्ने क्रममा रगत अभाव भएकाले सबैले रक्तदान गरी सहयोग गरिदिन अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आग्रह गरेका छन् ।



काठमाडौं उपत्यका सहित भुकम्प प्रभावित जिल्लाका अस्पतालहरु घाइतेले खचाखच भरिएका छन् । घाइतेहरुको संख्या बढ्दो क्रममा छ । उनीहरुका आफन्त रगत खोज्दै रक्तसन्चार केन्द्र धाइरहेका छन् ।



आइतबार विहान भक्तपुरमा अभाव भएको जानकारी आएको थियो । खासगरी नेगेटिभ समूहको रगत अभाव भएको बताइएको छ । दैनिक ३ सय जना भन्दा धेरै व्यक्ति नेगेटिभ समूहको रगत लिन रक्तसन्चार केन्द्र पुग्ने गरेका छन् ।



इच्छुक रक्तदाताहरुलाई नजिकको ब्लड बैंकमा गएर रगत दान गर्न आग्रह गरिएको केन्द्रीय रक्त सन्चार केन्द्र बागबजारका प्रोग्राम अफिसर राम श्रेष्ठले  जानकारी दिए ।