विनाशकारी भूकम्प गएको २४ घन्टापछि काठमाडौंको एक गेष्ट हाउसबाट एक युवकको जिवितै उद्दार

Photo8

 

काठमाडौं । विनाशकारी भूकम्प गएको २४ घन्टापछि काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसबाट एक युवकको जिवितै उद्दार गरिएको छ ।



भूकम्पका कारण पर्वत गेष्ट हाउस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पले भवन भत्किएपछि १६ वर्षका संजिव राणा भित्रै चेपिए ।



शनिबार दिनभर उनी भत्नावशेषमा थुनिए । आइतबार विहान उक्त भवनमा एक किशोर पुरिएको खबर आएपछि सशस्त्र प्रहरीको टोली गएको छ ।



सशस्त्रको विपत उद्दार डेक्सको टोली गयो । टोलीले थप सहयोग चाहिने भएपछि रेस्क्यु टीम समेत पुगेको थियो । सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको सहयोगमा घरको ढलान समेत काटेर राणाको उद्दार गरिएको छ ।



झण्डै १० घन्टाको प्रयासपछि उनलाई जिवितै उद्दार गर्न सकिएको सशस्त्र प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । अन्लाईनखबरमा समाचार छ ।