राजधानीमा वर्षा परेपछि स्थिती झन भयानक ! भुकम्प गएपछि सडक र चौरमा बसेका माथी झन समस्या, प्रायः सबै भिजे ! उद्दारमा समेत समस्या

भुकम्प गएपछि सुरक्षाका लागि सडक र चौरमा बसेका राजधानीबासीलाई समस्यामाथी झन समस्या थपिएको छ ।
पानी परेपछि प्रायः सबै भिजेका छन् ।
भुकम्पले बारम्बार झट्का दिन थालेपछि उनीहरु खुल्ला स्थानमा रातभर जाग्राममा बस्दै आएका छन् ।
 राजधानीको टुंडिखेल, दशरथ रंगशाला, जावलाखेल, सेन्ट जेर्भियर्स स्कुल परिसर किर्तिपुर लगायतका दर्जनौ स्थानमा सर्वसाधारण बसेका छन् । पानी परेपछी उद्दारमा समेत समस्या भएकाे छ । सेतोपाटीमा समाचार छ ।