शनिबार आएको महाभुकम्पपछि सोमबार राजधानी छोडने सर्वसाधारणको लर्को लागेको छ।
सयौं सर्वसाधारण राजधानी छोड्न आतुरीका छन । नियमित रूटका बस, जिप माइक्रो बस अत्यन्त न्यून संख्यामा चलेकाले कलंकी तथा बल्खु क्षेत्रमा सवारी साधन नपाउँदा उपत्यका छोड्न चाहने यात्रुको भीड लागेको थियो।
यात्रुको यही अफ्ठेरोमा उपलब्ध सवारी साधनका मालिक तथा चालकले साविकभन्दा ५/६ गुणासम्म भाडा असुल्न थालेका छन्।
बीरगञ्जका गब्बर हुसेनले घर जानका लागि सार्वजनिक सवारी नपाएपछि बल्खुमा ट्याक्सीसँग मोलतोल गरिरहेका थिए। बल्खुदेखि बीरगञ्जसम्मको भाडा ट्याक्सी चालकले १२ हजार रुपैयाँ मागे।
हुसेनले आफूसँग ११ हजार रुपैयाँमात्र भएको र त्यो सबै ट्याक्सी चालकलाई दिने कबुल गरे। बैंकको एटिएम पनि नखुलेकाले पैसा निकाल्न नपाएको उनको दुखेसो थियो। तर उनको दुखेसोले बा १ ज ६६०१ नम्बरमा ट्याक्सी चालकको मन पग्लेन। हुसेनले हात जोडे। तर ट्याक्सी चालकले जान मानेनन्।
अरु २ वटा ट्याक्सीसँग पथलैयासम्म जानका लागि एक हुल युवाले मोलतोल गरिरहेका थिए। बा१ ज ७८११ नम्बरका ट्याक्सी चालकले हेटौंडासम्म भए १० हजार, पथलैयाको ११ हजार र बीरगञ्जको १२ हजार रुपैयाँ भाडा तोके। युवाहरुले भने