भुकम्पबाट पीडितलाई आजदेखि सरकारले राहत वितरण गर्ने भएको छ। गुहमन्त्रालयले बताएअनुसार भुकम्प प्रभावित क्षेत्रमा आजबाट खाद्यान्न, पाल, मण्डी, खानेपानी लगायत अत्यावश्यक सामाग्रीहरु वितरण गरीने छ।
उद्धार तथा राहतलाई सँगै अगाडि बढाउने गृहमन्त्रालयका प्रवक्ताले बताएका छन्। राहत तथा उद्धारका लागि, चीन, टर्की, भारत, पाकिस्तान लगायतका देशहरुवाट अत्यावश्यक सामाग्री तथा तालिम प्राप्त उद्धारकर्ताहरु नेपाल सेनासँग मिलेर राहत वितरण गरीने तथा उद्धार कार्यलाई तिव्रता दिइने छ।
भुकम्पबाट वाग्मती अंचलका सबै जिल्लाहरु प्रभावित भएको तथा गोर्खा, नुवाकोट लगायतका जिल्लाहरु पनि ठूलो क्षति भएको गृह मन्त्रालयले बताएको छ। सेतोपाटीमा समाचार छ ।