नेपालसँग सिमा जोडिएको भारतको सिलगुडीमा आज साँझ साढे ६ बजे ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको अमेरिकन जिओलोजिकलले जनाएको छ ।
यो भुकम्पको धक्का नेपालका पूर्वी भागमा महसुस गरिएको छ ।
शनिबार गोरखाको बारपाकलाई केन्द्र बनाएर सुरु भएको भुकम्प क्रमशः पूर्वतिर काठमाडौं, सिन्धुपाल्चोक, रामेछाप हुँदै आज साँझ नेपालको पूर्वी बोर्डर पारि पुगेको छ ।