बिनाशकारी भुकम्पमा परी काठमाडौंका विभिन्न अस्पतालहरुमा रही सनाखत हुन नसकेका शबहरु को सन्ख्या ६८

बैशाख १२ गते मध्यान्ह ११ः५५ बजे देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी हालसम्मको प्राप्त विवरण अनुसार काठमाडौंका विभिन्न अस्पतालहरुमा रही सनाखत हुन नसकेका शबहरु सोमबार २१ः३० बजेसम्म ६८ रहेको प्रहरीले जनाएको छ।
 
ती शवहरुमध्ये त्रि.बि.शिक्षण अस्पताल महाराजगंजमा २७, वीर अस्पतालमा ७, सैनिक अस्पताल छाउनीमा १, काठमाडौं मेडिकल कलेज अस्पतालमा १, जनमैत्री अस्पताल बालाजुमा १३, ओम अस्पताल चावहिलमा १, सुरक्षा अस्पतालमा २, मनमोहन अस्पताल ठमेलमा ६, सहिद मेमोरियल अस्पतालमा १, पाटन अस्पतालमा ३, मध्यपुर अस्पताल ठिमीमा १ र कालीमाटी अस्पतालमा ६ गरी जम्मा ६८ शवको सनाखत हुन बाँकि रहेको छ ।
 
अस्पतालमा रहेका शवको सनाखत गरी शव व्यवस्थापन तथा सनाखतका लागि हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले उक्त अस्पतालमा सम्पर्क राख्न अनुरोध गरेको छ। सेतोपाटीमा समाचार छ ।