काठमाडौं छोडदै बाहिर जानेहरु कलंकीमा । शनिबार गएको भूकम्पपछि त्रसित बनेका राजधानीका धेरै बासिन्दा तेस्रो रात पनि पालमुनि कटाईरहेका छन्। राजधानीका विभिन्न स्थानमा खुला ठाउँमा पाल टाँगेर र कुनै ठाउँमा त खुला आकाशमा मानिसहरु बसिरहेका छन्।
शनिबारको भूकम्पपछि बेला बेलामा साना साना धक्काहरुको महशुस भइरहेकाले मानिसहरु त्रासका कारण घर फर्कन सकेका छैनन्। कतिपयको घर भूकम्पले भत्काएका पछि उनीहरु पालमुनि बस्न बाध्य भएका हुन।
सोमबार राती ९ बजे सेतोपाटी टिमले उपत्यकाका विभिन्न स्थानमा पुग्दा मानिसहरु सडकमा बसेका भेटिए। खुला ठाउँ, पार्क र माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडकको बगैचामा मानिसहरु सडकमा बसिरहेका थिए। सेतोपाटीमा समाचार छ ।