भारतीय लोकसभा सदस्यले नेपालका भूकम्प पीडितलाई एकदिनको तलब बराबरको रकम सहयोग गर्ने

काठमाडौ – भारतीय लोकसभा सदस्यले नेपालका भूकम्प पीडितलाई एकदिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । भूकम्प प्रभावित छिमेकी देशलाई राहत अभियानको दायरा बढाउँदै लोकसभा सदस्यले एक दिनको तलब बराबर जम्मा भएको रकम सहयोग गर्न लागेका हुन् । 
संसदीय कार्य मन्त्री वेकैया नायडूले लोकसभामा एकदिनको तलब बराबरको रकम सहयोग गर्ने प्रस्ताव राखका थिए । प्रस्ताव पेश गर्ने वित्तिकै सदस्यले सो प्रस्ताव स्विकार गरेका थिए । 
लोकसभामा शुन्य समयमा बोल्दै गृहमन्त्रि राजनाथ सिंहले भारतमा मात्रै भूकम्पले ७२ जना मरिसकेका बताए । उनले बिहारमा ५६ र उत्तर प्रदेशमा १२ जनाको मृत्यु भएको बताए । पश्चिम बंगाल र राजस्थानमा एकएक जनाको मृत्यु भएको उनले बताए ।
भारतले घाइते तथा बाँचेकालाई राहत बाँड्नको लागि सोमबार एक इन्जिनिरयरिङ कार्य बल तथा १८ चिकित्सकको युनिट पठाएको बताए । गृहमन्त्रीले भने, ‘हामीले एक मानव रहित जहाज पनि पठाएका छौँ ।’ उनले राष्ट्रिय आपद प्रतिक्रिया बल (एनडिआरएफ) सँग र अन्य उद्दारकर्मीहरुसँग समन्वय गर्न गृह मन्त्रालयका शीर्ष अधिकारीको अगुवाइमा अन्तरमन्त्रालय टीमको दुई सय ५० अत्याधुनिक वायरलेस सेटसमेत पठाएको बताए । 
यसैगरी नेपालमा ध्वस्त भएको सञ्चार प्रणाली दुरुस्त बनाउन सञ्चार विशेषज्ञाको टोली समेत नेपाल पठाएको बताए । एजेन्सी