प्रधानमन्त्री सुशील कोइरालाद्धारा राष्ट्रका नाममा सम्बोधन ! तीन दिन राष्ट्रिय शोक मनाउने (सम्बोधनको पूर्ण पाठ)

काठमाडौ – प्रधानमन्त्री सुशील कोइरालाले उद्धार र राहतमा सरकारी कमजोरी भएको स्वीकार गर्दै राष्ट्रिय बिपतमा एक हुन सम्पुर्ण देशबासीलाई आब्हान गरेका छन्। मंगलबार साँझ राष्ट्रको नाममा सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने जनाएका छन्। प्रधानमन्त्री कोइरालाले नागरिकलाई आ आफनो ठाउँवाट कर्तब्य पूरा गर्न पनि आब्हान गरेका छन्।