काठमाडौ – त्रिभुवन विश्वविद्यालयले भूकम्पका कारण वैशाख महिनाभित्र सुचारु सबै परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
स्थगित परीक्षाहरु कानुन संकायअन्तर्गतका तीन वर्षे एलएलएम, दुई वर्षे पीजी साइकोलोजी र पाच वर्षे बिए एलएलएम छन् ।