महाभूकम्पबाट मृत्यु हुनेको संख्या ५ हजार २०, दशौ हजार घाइते, कैयौं व्यक्ति अझै बेपत्ता, उद्धार कार्य जारी

काठमाडौं  । गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या ५ हजार २० पुगेको छ । गृह मन्त्रालयका अनुसार कैयौं व्यक्ति अझै बेपत्ता छन् ।
मृतक र घाइतेको संख्या बढ्नेक्रम जारी रहेको पनि गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भुकम्पबाट ३६ ओटा सरकारी भवन पूर्णरुपमा ध्वस्त भएका छन् भने २०४ ओटामा आंशिक क्षति पुगेको छ ।
यस्तै, सर्वसाधारणका १ हजार ९ सय १६ वटा घर पूर्णतः ध्वस्त भएका छन् भने ५ हजार २ सय ९५ घरमा आंशिक रुपमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ ।
बुधबार दिउँसोसम्म प्राप्त विवरणअनुसार घाइतेको संख्या १० हजार १ सय ९४ पुगेको छ । भूकम्पबाट नेपाल, भारत र तिब्बतमा गरी ८० लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले १४ लाख मानिसलाई तत्काल खाद्यान्न सहयोग आवश्यक रहेको पनि जनाएको छ । भूकम्पबाट सबैभन्दा बढी असर परेको राजधानीका तीन जिल्ला र बाग्मती अञ्चलका अरु जिल्लामा उद्धार र राहतको काम भइरहेको छ ।
धनजनको ठूलो क्षति ब्यहोरेका जिल्लामा भूकम्पको मूख्य केन्द्र रहेको गोरखा सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, घादिङ, काभ्रे, दोलखा र लमजुङ छन् । घाइतेहरुको काठमाडौ र प्रभावित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ ।
शनिबारदेखि बुधबार बिहान ५ बजेर ५४ मिनेट जाँदासम्म ४ रेक्टर स्केलमाथिका भूकम्पका १०४ ओटा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार विहानै पनि पछिल्लोपटक ५ बजेर ५४ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले शनिबारदेखि लगातार गएको भूकम्पलाई