भुकम्प आएको आज ५ दिन भइसकेको छ । तर जनजीवन सामान्य बन्न सकेको छैन्। मानिसहरुको शव भेट्ने क्रम जारी छ। यसैबीच भक्तपुरको एक कोलनीबाट २५० जनाको शव निकालि सकिएको प्रहरीले बताएको छ।
कोलोनीमा बस्दै आएका करिव ९ सय परिवारका कति सदस्य अझै हराइरहेका छन् यकिन भएको छैन।
त्यही कोलनीमा बस्दै आएका आगुम प्रजापतिको २५ परिवारमध्ये १६ जनाको भुकम्पका कारण मृत्यु भइसकेको छ। उनीहरुको शव अझै निकाल्न सकिएको छैन्। सेतोपाटीमा समाचार छ ।