महाभुकम्प गएको पाँच दिनपछि मुलुकको प्रधानमन्त्री पहिलो पटक निरीक्षणमा निस्केकोमा स्थानीयबासी आक्रोशित

महाभुकम्प गएको पाँच दिनपछि मुलुकको प्रधानमन्त्री पहिलो पटक निरीक्षणमा निस्केकोमा स्थानीयबासी आक्रोशित भएका छन्। अहिले केहीबेर अघि प्रधानसेनापति गौरव शमशेर राणासहित बसन्तपुर क्षेत्र पुगेका प्रधानमन्त्रीलाई स्थानीयले अवरोध गर्दै उनीविरूद्ध नाराबाजी गरेका हुन्।
अरू देशका मानिसहरू आएर तत्कालै हेरी राहतसमेत पठाइसकेको बेला मुलुकका प्रधानमन्त्री भने आजमात्र भ्रमणमा आएकोमा आपत्ती जनाएका हुन्। सेतोपाटीमा समाचार छ ।