डा. अम्बरिश पोख्रेल
डा. भगवती कुँवर पोख्रेल
विपतिको एउटा सामान्य नियम र अनुशासन के हो भने सुरुका दिनमा मृतक, घाइते र घरबार विहीनहरुको सहि व्यवस्थापन भौतिक र मानसिक रुपमा गर्नुपर्ने हुन्छ । ठिक त्यही समयमा यदि कसैले यो कुरालाई सामान्य सम्झने र त्यो अनुशासनको आचरण देखाउँ भने सिधा के बुझ्न सकिन् भने त्यो मान्छे वा संस्था वा समूह त्यो विपत्तिप्रति संवेदनशील छैन । अर्थात उसको भित्री मनमा त्यो समवेदना उत्पन्न भएको छैन । त्यो चाहेर आउने होइन, स्वभाविक रुपमा आउने कुरा हो । जसलाई बदल्न सकिन्छ तर झकझकाउने कुनै माध्यम वा संस्था चाहिन्छ । अहिलेको अवस्थामा मिडिया एउटा दह्रो संस्था हो । यहाँ हामी त्यही कुराको अपिल गर्ने छौँ । जसले हाम्रो सिंगो देश सधै र सवैको लागि जुरुक्क उठ्ने छ । के हामी त्यो नगर्ने ? यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवात किन नगर्ने ? हामी लाखौँ लाख जनता यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवातको रुपमा ग्रहण गर्न चाहन्छौँ । हामी जनतालाई साथ दिनुहोस महोदयहरु, तपाईहरु हाम्रो अभिभावक हो । हामीलाई तपाईहरु नै मान्य छ । त्यो मान्यतालाई अव अरु गौरवमय बनाउने आँट गर्नुहोस । आउनुहोस, इतिहास लेख्नुहोस महोदयहरु । नेपालमा आएको भुकम्प पीडितहरुको सहयोगार्थ विभिन्न देशबाट भुकम्प विज्ञ, प्राकृतिक तथा दैवी प्रकोप उद्दार विशेषज्ञ र डाक्टर नर्सहरुको टोली मात्र होइन, विभिन्न प्रकारका अरु विशेषज्ञहरु हतारहतार आउँदैहुनुहुन्छ । के सहयोग चाहियो भन्नुहोस सकेको दिने छौँ वा दिन्छौँ भन्ने हितैसीहरुको ओइरो लागेको छ । लाग्नु स्वभाविक नै हो । मानवजातिको यस्तो विपत्तिमा हातेमालो नगरे के मा गर्ने त ? यो समयमा आशु नबगे कहिले बग्छ होला त ? यो समय नेपालको समय हो । यो समय नेपाली जनता अस्पताल र चौरमा सुत्नेहरुको लागि हो । अबको केही दिन यहाँ मानवीय नोक्सान र घाइतेको उपचार अनि चौरमा सुत्केरी हुन विवस ति महान आमाहरुको लागि हो र हुनुपर्छ पनि । तिनीहरुको अहिलेको प्राथमिकता के हो ? त्यो हाम्रो चासो हुनु र देखाउनु जरुरी छ । यसमा दायाँबायाँ गर्ने कुनै ठाउँ छैन होला । हजारौँको संख्यामा भएको मानवीय नोक्सान र घाइतेहरुले बेहोरेको पीडा अनि खुल्ला आकाशमा बस्नु परेका ति हजारौँ बालबालिकाको पीडा र त्यसबाट हुन सक्ने सम्भावित संक्रमणहरुलाई छाडेर अरु कुरातिर मान्छेहरुको ध्यान मोड्नु किमार्थ राम्रो होइन । कम्तिमा पनि केही दिनको लागि नै त्यो प्रमुख हो । अरु तपशिलका कुरा हुन । अरु राष्ट्रको विपत्ति र त्यसको व्यवस्थापनले यहि कुरा मात्र देखाउँछ । के हामी पनि त्यही गर्दैछौँ कि छैनौँ होला । हामीले आफैँ विचार गर्नुपर्ने समय हो यो । जनताले के चाहन्छन, त्यो हाम्रो सरोकार हो र हुनुपर्छ । तर सम्झनुपर्ने कुरा के छ भने त्यो हुनका लागि हामीसँग केही कमनसेन्स चाहिने हुन्छ । त्यो कमनसेन्स विवेकशील मान्छेसँग मात्र हुन्छ । स्मरण गर्नुपर्ने कुरा के छ भने कसैले धेरै किताव पढेकोमा त्यो मान्छे विवेकशील हुन सकछ भन्ने हुँदैन । हामीले त्यो रुपमा बुझ्नु पनि हुँदैन । कुनै ठूलो पदमा छ भनेर विवेकशील हुने हैन । विवेक छ या छैन उसको बोली व्यवहार, चालचलन, काम गराई र उसको दैनिक आचरणले देखाउने गर्दछ ।
यो समयमा हामी जनताका नेताहरु, हाम्रा प्रशासकहरु, हाम्रा ठूलठूला देशका अभिभावकहरु के के गर्दै हुनुहुन्छ होला हामीलाई थाहा हुने कुरा भएन । तर हामी लाखौँ लाख जनताको भौतिक र मानसिक नोक्सान भएको अवस्थामा उहाँहरुको योगदान कता छ ? के गर्दै हुनुहुन्छ ? त्यो हामीलाई जान्ने अधिकार छैन भने पनि सही । तर हामीलाई त्यसको चासो छ । दुई हात जोडेर हामी सोध्न चाहन्छौँ कि मेरा देशका राष्ट्रप्रमुखदेखि भुपु प्रधानमन्त्रीहरु हामीलाई मलम लगाउन कहिले आउनुहुन्छ ? हाम्रो बारेमा कहिले आपतकालिन गोष्ठी गर्दै तपाईले भोग्नु भएको सुविधान कटौती नगरी हाम्रो सेवा गर्नुहुन्छ ? तपाईहरुको सेवा कटौती गर्दै नगर्नुहोस महोदय, हामी त्यो माग गर्दैगर्दैनौँ । बरु थपे पनि सही । तर हामी तपाईहरुलाई हाम्रो अस्पतालमा देख्न चाहन्छौँ । खुल्ला चौरमा हामी सुत्केरीहरुले र हाम्रा नाबालकले तपाईहरुको माया खोजिरहेका छन ।
हाम्रो पीडा सही नसक्नु छ । त्यो पीडा कहाँ बताउँने ? यस्तो बेलामा सिंगो राष्ट्रको बागडोर सम्हाल्नुभएका हाम्रो देशको नायक राष्ट्रपतिदेखि लिएर गतवर्ष मात्र निर्वाचित ६०१ जना सभासदहरु कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? हामीले तपाईहरुको रेखदेख गरेको हो । तर अहिले हाम्रो रेखदेख गर्नुहोस । छिटो गर्नुहोस । हामीले तपाईहरुको कुनै पनि सुविधा रोकेका थिएनौँ र रोक्ने छैनौँ । तर खोई त हाम्रो लागि ? तर हामी असन्तोषी पनि छैनौँ है । हाम्रो लागि तपाईको उपस्थिति काफी छ । अहिले विभिन्न देशबाट चिकित्सकहरु नेपालमा आइरहेका छन । तर हाम्रा चिकित्सकहरु के गर्दैछन ? दिनभरी हस्ताक्षर गर्दै फुर्सद छैन हो ? दिनभरी त्यस्तो के कागजमा हस्ताक्षर गर्दै हुनुहुन्छ ? कार्यकारी त प्रधानमन्त्री हुनुहुन्छ । उहाँ अलि उमेरको पनि हुनुहुन्छ । उहाँलाई हस्ताक्षरको जिम्मा दिने गरौँ । तर हाम्रा सम्माननीय राष्ट्रपति महोदय, दुई हात जोडेर बिन्ती गर्छौँ । अब हातमा स्टेथेस्कोप बोकेर खुल्ला चौर वा अस्पताल आउनुहोस । तपाई जनताको छोरो बनेर आउनुहोस या राष्ट्रपतिको रुपमा आउनुहोस । दुवै रुपमा स्वागत छ । तपाई जनताको छोरो नै हो नि हैन र ? त्यही भएर हामीलाई तपाईको जरुरी छ । हाम्रा चराइरहेका घाउहरुमा मलम लगाउनुहोस । श्रीमान दिनभरी हस्ताक्षर गर्दैमा फुर्सद छैन भने साँझ एक वा दुई घण्टा विरामीको उपचार गरेर जनताको मनोबल उकास्नुहोस । महोदय, यो समय हजारौँको होइन कि लाखौँको मनोवल उकास्ने समय हो । तपाईको आगमनले अरु हजारौँ डाक्टरहरुले दिनको १२ घण्टा समय छोडेर १८ घण्टा काम सुरु गर्नुहुनेछ । के त्यो नगर्ने महोदय ? किन नगर्ने ? कसले गर्ने ? कहिलेदेखि गर्ने ? सम्माननीय राष्ट्रपति महोदय , तपाई जुन जुन अस्पतालमा जानुहुनेछ, त्यहाँका विरामीको सय प्रतिशत मानसिक तनाव घट्ने छ । आउनुहोस महोदय, कृपया आउनुहोस । तपाई हाम्रो अभिभावक हो र मानेका पनि छौँ । किन नआउने ? सुरक्षाको चिन्ता छ भने हामी मृतक र घाइतेका परिवारले सुरक्षा दिने छौँ । त्यो धेरै सुन्दर हुनेछ । त्यो इतिहास हुनेछ । के त्यस्तो इतिहास नलेख्ने महोदय । जव तपाईले त्यो गर्नुहुनेछ । सिंगो हाम्रो देश जुरुक्क उठ्न थाल्ने छ । त्यो उठान हामीलाई चाहिएको छ । सहयोग रकम देखि लियर अरु कुराहरु हिनामिना हुन् सुरु भयो रे ! अव यही निहु झिकेर सुरु गर्नुहोस महोदय, भ्रष्टाचार नियन्त्रण अनि नयाँ नेपाल ।
हाम्रो पीडाबाट सुरु गरेर नयाँ नेपालको युग पुरुष बन्ने कोसिस गर्नुहोस । के त्यस्तो मन पर्दैन र ? हामीलाई त त्यही कुरा मन परेको छ । सन २०१५ को यो पीडा अव नेपालीका लागि सधै खुसी खुसीमा परीणत गर्न त्यो महलबाट जुरुक्क उठेर विशेष रणनीतिसहित आउनुहोस। शोकलाई शक्तिमा बदल्ने कोसिस गर्नुमात्र ठूलो कुरा होइन। देशको मुहार फेर्न राष्ट्र विपत्तिले पनि ठूलो सहयोग गरेको इतिहास छ । जुरुक्क सवैलाई एकसाथ लिएर आउनुहोस । सवै हस्तीहरु बटुलेर जबरजस्ती आउनुहोस । हामी जनतासँगै आउनुहोस । हामीले आजसम्मको सवै कुप्रशासन बिर्सने छौँ । अनि हामी सबै मिलेर त्यो डाँडापारी धिपधिप बलेको दियोमा नया उर्जा सहितको इन्धन हालेर दीप जलाउने छौँ । तपाईको त्यो आगमन इतिहास हुनेछ । तपाईको आगमनले देश हाक्ने सिंगो टिम उत्साहित हुनेछ । सवैले नयाँपन र ताजकिपन महसुस गर्नेछन । तपाईको हातको सच्चा मलमबाट नयाँ नेपालको सुरुवात गराऔँ । प्रतेक नेपालीको चुलोमा आगो नबोलेसम्म रास्टपती महलमा फर्कने छैन भनेर निस्कनु होस् / त्यहा फर्कन किन हतार ? अरु देशको इतिहासले त्यही भन्ने रहेछ महोदय । जापानदेखि लिएर युरोपसम्मको इतिहास र अन्य राष्ट्रसम्म सवैले एउटा एउटा मोडबाट नयाँ देशको निर्माण सुरु गरेका रहेछन । धेरैले त यस्तै विपत्तिबाट पो सुरु गरेका रहेछन । महोदय, के त्यो सुरुवात नगर्ने ? किन नगर्ने ? कहिले गर्ने ? कसले गर्ने ? त्यसको शुभसाईत यो विपत्ति भन्दा अरु के होला ? अझै ठूलो विपत्ति चाहिने हो र ? कति बटा बिपत्ती चाहिने हो र ? सत्र हजारको ठूलो विपत्ति पनि त हामीले सामना गरिसकेको हो । त्यसबाट ठूलो कुरा हात लागेको छैन । जस्तै तपाई लगायत हाम्रा भूपु ठूलाहरुले १०