भूकम्प पिडितलाई मानविय सहायता उपलब्ध गराउन राष्ट्रसंघद्धारा ४२ अर्ब रुपियाँको अपिल

संयुक्त राष्ट्रसंघ तथा उसका साझेदारले नेपालका भूकम्प पिडितलाई मानविय सहायता उपलब्ध गराउन आगामी तीन महिनाका लागि झन्डै ४२ अर्ब रुपियाँ चाहिने भन्दै त्यसका लागि अपिल गरेका छन्।
हाल आइरहेको सहयोगको प्रतिबद्धता पर्याप्त नभएको भन्दै उनीहरुले अत्यावश्क खानेकुरा, आवास, सरसफाई सहितका क्षेत्रमा उक्त रकम आवश्यक पर्ने जनाएका हुन्।
शनिबारको बिनाशकारी भूकम्पका कारण हालसम्म पाँच हजार भन्दा बढीको ज्यान गएको र १० हजार भन्दा बढी घाइते भएको सरकारले जनाएको छ।
यस्ता ठूला प्राकृतिक विपत्ती खेपेका प्रत्येक देशमा अति आवश्यक सहायता कार्यक्रम संचालन गर्न सघाउ पुर्याउन संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरुलाई उसकै शब्दमा