काठमाडौ, वैशाख १७ – भूकम्पले भत्किएको काठमाडौंको नयाँ बसपार्कको एक लजमा थुनिएका नुवाकोटका १५ वर्षिय पेम्बा लामाको १ सय २० घन्टापछि उद्दार भएको छ । सशस्त्र प्रहरीका निरिक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा भएको टिमले पाँच घन्टा लगाएर भूकम्पको छैटौं दिनमा उनको सकुशल उद्दार गरेको हो ।
REUTERS
भुवनेश्वरी, दिपावली, हिल्टन र न्युस्टार नामक चार गेस्ट हाउस भएको घर भत्किँदा उनी पुरिएका थिए । गेस्ट हाउसमा काम गर्ने पेम्बा पुरिएको सुचना उनका साथीले दिएका थिए । ईकन्तिपुरमा समाचार छ ।