वर्षाले गर्दा भुकम्प पीडितको उद्दारमा ठुलो समस्या

काठमाडौ – उपत्यकासहित आसपासका जिल्लामा गएरातिदेखि नै निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भएको छ। 
वर्षाले गर्दा भुकम्प पीडितको उद्दारमा ठुलो समस्या परेको छ । 
शनिबार र आइतबारको विनाशकारी भूकम्पका कारण घरबारविहीन भएर खाली स्थान र बारीको पाटामा दिनरात बिताइरहेका भूकम्प पीडितहरूले निरन्तर पानीका कारण थप पीडा भोग्नुपरेको अवस्था छ।
मौसमविद् बरुण पौडेलले काठमाडौँ उपत्यका र पश्चिममा पोखरा र पूर्वमा ताप्लेजुङलगायतका क्षेत्रसम्म पानी परिरहेको र आज बेलुकादेखि विस्तारै मौसममा सुधार आउने र पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने बताए।
उनका अनुसार न्यूनचापीय क्षेत्रको विकाससँगै क्युमोलोनिम्स बादलको प्रभावका कारण मौसम बदली भई आज दिउँसो देशका मध्य तथा पूर्वी भेगमा मेघ गर्जनसहित वर्षा हुन सक्छ । ठूलो वर्षा नभए पनि सिमसिम पानी दिनभरी नै आउने र बेलुकादेखि सुधार हुँदै जाने अनुमान छ ।   
भारतको उत्तराखण्डबाट गत सोमबार राति सुरु भएको वायु मङ्गलबार बिहान नेपालको पश्चिमी भेगबाट प्रवेश गरी अहिले मध्यभेगमा आइपुगेकाले काठमाडौँ र आसपासका जिल्लामा असर परेको मौसमविद् पौडेलले जानकारी दिए।
पानीसँग भूकम्पको सम्बन्ध संयोग मात्रै
बादलले आकास मडारिएर पानी पर्दा भूकम्पको त्रासदीमा रहेका जनतामा पानी पर्नाले पुनः भूकम्प आउने हो कि भन्ने त्रास छ भने डराउनेपर्ने अवस्था छैन, भूकम्प र पानी पर्नुको कुनै सम्बन्ध नरहेको मौसमविद्ले बताएका छन् ।
मौसम जमिनमाथिको वायुमण्डलसँग सम्बन्धित भएको र भूकम्प जमिनमुनिको २०/३० मिटर तलको भूगर्भिक तरङ्गसँग जोडिएकाले दुईको कुनै आपसमा सम्बन्ध नभएको जानकारी भूकम्पविद् डिल्लीराम तिवारीले दिए।
मौसमविद् बरुण पौडेलले पनि मौसम र भूकम्प फरक विषय भएकाले यिनको कुनै सम्बन्ध नहुने भएकाले यसबाट त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरे। रासस

भारतको उत्तर प्रदेश हुँदै मुलुकको पश्चिम भागबाट प्रवेश भएको न्युनचापीय क्षेत्रका कारण मुलुकभर भएको वर्षा अझै रोकिएको छैन । वर्षाले गर्दा भुकम्प पीडितको उद्दारमा ठुलो समस्या परेको छ । 
A Nepalese woman protects her child from rain as she waits for transport to go to her home town, in Kathmandu, Nepal, Thursday, April 30, 2015. The 7.8-magnitude earthquake shook Nepal
</p/>

</div>         <!--facebook comment box --> 
          <!-- Facebook Comments Plugin for WordPress: http://peadig.com/wordpress-plugins/facebook-comments/ --><div class=