विनासकारी भूकम्पमा परी अहिलेसम्म देशभर पाँच हजार ४८९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म १० हजार ९६५ पुगेको छ ।
AP
जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार ५८७, नुवाकोटमा ७०७, धादिङमा ५२७, गोरखामा ४०५, काभ्रेमा २७५ तथा काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको मृत्यु भएको छ ।
भूकम्प प्रभावित विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यो सङ्ख्या धेरै बढ्ने अनुमान गरिएको छ ।
आज बिहान ९ बजेसम्म तीनवटा धक्का
यसैबीच आज बिहान ९ बजेसम्म भूकम्पका तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ६ः २२ मा धादिङ केन्द्र बिन्दर भएर ४.७ रेक्टर स्केल, ८ः३१ बजे रसुवा केन्द्रबिन्दु भएर ४.७ रेक्टर र ८ः४१ मा ३.९ रेक्टर स्केलको नुवाकोट केन्द्र बिन्दु भएर अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।