सिन्धुपाल्चोकको भोटेचौरका स्थानीय आफैंले ३७ जनाको शव निकाले

मेलम्ची (सिन्धुपाल्चोक), वैशाख १७ – भूकम्प आएको पाँच दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । यहाँ स्थानीय आफैंले आजसम्म ३७ जनाको शव निकालेका छन् ।
एक हजार ८० घरधुरी रहेको भोटेचौरमा लगभग सबै घर ध्वस्त भएको स्थानीय बासिन्दाले बताए ।