भक्तपुर (एपी) – भत्किएको घरले २० घण्टासम्म पुरिएको ४ महिने बालकलाई जब उद्दारकर्ताले जिवितै निकाले तब फोटोग्राफर अमुल थापाले आफूभित्रको सबै पीडा बिर्सिए ।
सोनित अग्रवालको पुक्क परेका गाला फुस्रो धुलोले ढाकेकाे थियो । एउटा हातको मुठ्ठी बन्द थियो भने अर्कोले मुहार छोपिरहेको देखिन्थ्यो ।
नेपालको राजधानीबाट पूर्वमा रहेको भक्तपुरका धेरै ऐतिहासिक भवन ध्वस्त हुने गरी शनिबार ७.८ रेक्टरको भूकम्प जाँदा उनका ९ वर्षीया दिदीले उनलाई खेलाउदै थिइन् ।
अभिभावक घर बाहिर थिए । दिदीले जसोतसो आफूलाई बचाउन सफल भइन् । फोटोपत्रकार थापाले शिशूको आवाज पहिलो पटक सुन्दा उनी काठको बिमले थिचिएका थिए ।