काठमाडौं – गोंगबु बसपर्कस्थित जनसेवा लजबाट २४ वर्षिय एक युवतीको बिहीबार १ सय २८ घन्टापछि जीवित उद्दार गरिएको छ । त्यसका लागि इजरायली, नर्वेली, फ्रान्सेली र नेपाल प्रहरीको संयुक्त टोली ९ घण्टा अनवरत खटेको थियो ।
जयनगर’६, बर्दियाकी कृष्णकुमारी खड्का शनिबार दिउासो १२:५६ मा गएको ७.६ रिक्टर स्केलको महाभूकम्पमा लजको भूइा तल्लामा पुरिएकी थिइन् । विदेशी उद्धारकर्मीले उच्च प्रविधीको सहयोगमा उक्त स्थानमा दुईजना जीवित रहेको पत्ता लगाएपछि उद्धारको अथक प्रयास गरिएको थियो ।
नेपाल प्रहरीका डिएसपी आभुषण तिमलसिना र डेकेन्द्र खतिवडाको टोली सुरुमा त्यहाा खटिएको थियो । लजभित्रबाट कोही