सिन्धुपाल्चोक जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङख्या २ हजार २० पुगेको छ भने हजारौँ घाइते भएका छन् ।
घाइतेमध्ये ६१४ लाई उपचारका लागि राजधानी ल्याएको राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले बताए।
उनका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उपसचिव तहका कर्मचारी संयोजक हुनेगरी राजनीतिक दलसमेत सम्मिलित समन्वय समिति गठन गरेर उद्धारको काम भएको छ । मेलम्ची, बाह्रबिसे, तातोपानीलगायत विभिन्न क्षेत्रमा उद्धार कार्य गरिरहेका छौँ ।
खनालले अझै सानो सिरुवारी, स्याउले, केराबारी र अन्य विभिन्न स्थानमा उद्धार कार्य जारी रहेको बताए। पीडितले राहत नपाएको भन्दै कोदारी राजमार्गको साँगा, हर्रे र बन्देउमा राहत सामग्री ल्याउन अवरोधसमेत गरेका छन् । सेतोपाटीमा समाचार छ ।