भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव निकालिए

काठमाडौ – शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव निकालिएको छ ।

This aerial photo provided by Shreejan Bhandari, shows the historical Dharahara Tower, a city landmark, destroyed by Saturday's earthquake in...

(Shreejan Bhandari via AP)

 

क्षतिग्रसत भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौं महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन् । 



भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका पाँच टिपर, तीन डोजर र स्काभेटरले परिचालन गरेका तथा उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक वेद विष्टले बताउनुभयो । रासस